चितवन: पूर्ब पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिकामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना घाईते भएका छन् । भरतपुरबाट हेटाैडातर्फ जाँदै गरेकाे ना ६ ख ५९८६ नम्बरकाे ट्रकले साेहि दिशातर्फ जाँदै गरेकाे प्रदेश ०३-००३ प १२०९ नम्बरकाे स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा सवार दुईजना घाईते भएका थिए ।
घाईते हुनेमा  राप्ती नगरपालिका वडा नम्बर ६ हर्दी बस्ने  २८ बर्षिय शुसिल कुवंर र उनकी २४ बर्षिया श्रीमती  रमीता तामाङ कुवर रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । कार्यालयका अनुसार स्कुटरकाे पछाडी सवार तामाङकाे उपचारका क्ममा भरतपुर अस्पतालमा  मृत्यु भएकाे हाे  । घाईते कुवरकाे पुरानाे मेडीकल कलेजमा उपचार भईरहेकाे प्रहरीले जनाएकाे छ । ठक्कर दिने ट्रक र चालक प्रहरीकाे नियन्त्रणमा रहेकाे जनाईएकाे छ ।
ठक्करबाट एक जनाकाे मृत्यु भए पछि स्थानियले सडकमा  अबरुद्ध गरेका छन् । सडक अबरुद्ध संगै आवागमनमा समस्या आएकाे छ । सवारी संञ्चालनकाे बिषयमा छलफल जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस !