चितवनः मौषममा आएको परिवर्तन संगै नदीहरुमा पानीको बहाब वढ्न थालेको छ । निरन्तरको बर्षाका कारण नारायणी नदी संगै अन्य खोलाहरुमा पानीको बहाब बढेको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मनोज रानाभाटले वडा बासिहरुलाई सतर्कता अपनाउन अनुरोध गर्नुभयो । नारायणीमा बाढि र पुङ्गी खोलामा भेल आउन सक्ने भन्दै नदी तटिए क्षेत्रमा बसोबास गर्ने सबैलाई सुरक्षित स्थानमा बस्न आव्हान गर्नुभएको हो । बाढि आएमा तत्काल वडा कार्यालयमा खवर गर्न उहाँको आग्रह गर्नुभयो । वडा नम्बर २ मा रहेको व्यवस्थापन टीम तयारी अबस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।
पुङ्गिखोला वडाले सरसफाई गरेको उहाँको भनाई छ । वडा नम्बर १,२ र ३ मिलेर सरसफाई गरिएको उहाँले जानकारी दिनुभयो । वजेट समेत बिनियोजन गरेर काम गर्ने उहाँले बताउनुभयो ।
बर्षातको समयमा हुन सक्ने सरुवा रोगको महामारी नियन्त्रणका लागि सबैले पानी उमालेर मात्रै पिउन समेत उहाँको आग्रह थियो । टोल टोलमा सरसफाईलाई ध्यानमा राख्दै काम अघि बढाईएको उहाँले बताउनुभयो । यसलाई अभियानको रुपमा सञ्चालन गरीने उहाँको भनाई थियो । वडा नम्बर २ लाई नमुना वडा वनाउने गरी काम गरिरहेको छ । वडामा नवनिर्वाचित जनप्रतिनिधि आईसके पछि नयाँ बजेटबाट वडाको बिकासमा काम गर्ने रानाभाटले बताउनुभयो । वडाको सुरक्षाका लागि सिसिटिभि जडान, शिक्षाको हब निर्माणमा काम गर्ने उहाँले बताउनुभयो । यस वडामा तीन वटा सरकारी बिद्यालय र निजी गरि १८ वटा बिद्यालय रहेका छन् ।
बिद्यालय भित्र सिसि क्यामेरा जडानको काम, जेब्रा क्रसिङ् निर्माणको कामलाई समेत प्रथामिकता दिईने रानाभाटले बताउनुभयो । उहाँले भन्नुभयो “वडा नम्बर २ अब उज्यालो वडाको रुपमा बिकास हुन्छ ।”






