चितवनः स्वास्थ्य कार्यालय चितवनले सरुवा रोग नियन्त्रणका लागि कोभिड केस इन्भेष्टिकेसन तथा कन्ट्याक ट्रेसिङ टिमलाई परिचालन गर्ने भएको छ । बिभिन्न किसिमका सरुवा रोगहरु नियन्त्रणका लागि यो टिम परिचालन गर्न लागिएको हो ।
कार्यालयका प्रमुख दुर्गादत्त चापागाईका अनुसार जिल्लाका सातै पालिकामा रहेका यो टिमलाई सक्रिय वनाई सरुवा रोगको महामारी रोक्न थालिएको हो । मनसुनका जन्य विपतका समयमा सरुवारोगको महामारी फैलन सक्ने भएकाले यो टिमलाई परिचालन गर्न लागिएको हो । यो टिमले आफ्नो पालिकामा रहेको स्वास्थ्यचौकी, अस्पतालहरुमा आएका बिरामीको बारेमा अध्ययन गर्नेछन् । उनीहरुले अस्पतालमा आएका बिरामीको रोग र रोगको सुरुवातको बारेमा अध्ययन गरी ¥यापिट रेस्पोन्स टिमलाई खवर गर्ने छ ।
खबर पाए संगै रोग नियन्त्रणका लागि काम गरिने उहाँले जानकारी दिनुभयो । पालिकामा रहेको केस इन्भेष्टिकेसन टिमले क्षयरोग, मलेरीया, टाइफाइट, डेंगु, स्क्रब टाईफस, कोरोना जस्ता रोगको संक्रमण नियन्त्रणका लागि काम गर्ने चापागाईले बताउनुभयो । चापागाईका अनुसार महामारी फैलन नदिनका लागि अत्याबश्क आधारभूत औषधिहरु तयारी अबस्थामा राखिएको छ । बिपत र प्रकोपका समयमा अन्य रोगहरु समेत फैलन सक्ने भएकाले थप औषधिहरु बफर स्टक (परिहाल्यो भने खर्च गर्ने गरी) राखिएको छ । जिल्लामा रहेको कोभिड केस इन्भेष्टिकेसन तथा कन्ट्याक ट्रेसिङ टिम कोरोना कहरको समयमा मात्रै परिचालन हुने गरेको भए पनि अहिले त्यो टिमलाई सरुवा रोग नियन्त्रणमा परिचालन गर्न लागिएको हो ।






