चितवन – चितवनमा पछिल्लो २४ घण्टामा नयाँ कोरोना भाइरस संक्रमित भन्दा निको हुनेको संख्या बढी पाईएको छ ।
स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टा १५ जना संक्रमित निको भएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या घटेर ६१ पुगेको छ । जसमध्ये ५८ जना होमआइसोलेसनमा छन् भने तीन जना अस्पतालमा रहेका छन् ।
यता सोही अवधिमा ६ जना नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना परीक्षण गर्दा ६ जनाकोक रिपोर्ट पोजेटिभ आएको हो ।यससँगै हालसम्म कुल संक्रमितको संख्या ३३ हजार ६८१ पुगेको छ । जसमध्ये ३३ हजार १७१ जना कोरोनामुक्त भइसकेका छन् । हालसम्म चार सय ४९ जनाको कोरोनाबाट ज्यान गएको छ ।






