चितवन, साउन १७। चितवनको इच्छाकामना गाउँपालिकास्थित कुरिनटारमा पहिरो खसेको छ ।केहीबेर अगाडि पहिरो खसेपछि अहिले पृथ्वीराजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । त्यस क्षेत्रमा पनि ठूलो पहिरो खसेकाले बाटो खुल्न समय लाग्ने भएको छ ।
यस्तै भरतपुर–१९ केराबारीमा खसेको पहिरो हटाउन आज दिनभर लाग्ने प्रहरीले जनाएको छ । यस सडक खण्ड भएर यात्रा गर्दा जानकारी लिएर मात्रै गर्न प्रहरीले अनुरोध गरेको छ ।






