र
चितवनः नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी र्दुघटना हुँदन १८ जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २९ भोर्लेमा भएको र्दुघटनामा परि उनीहरु घाईते भएका छन् ।
नारायणगढबाट मुग्लिन नारायणगढ तर्फ आउँदैं गरेको बा ३ ख ८५८८ नम्बरको हाइस अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
मुक्तिनाथ बिकास बैंकका कर्मचारी लिएर गएको सो सवारी अनियन्त्रीत भई दुर्घटना भएको हो । घाइते मध्ये एक जनाको अबस्था गम्भिर रहेको छ भने अन्यको सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाईते सबैको भरतपुरका बिभिन्न अस्पतालमा उपचार भईरहहेको छ ।






