चितवन: नेकपा (एमाले)निकट चिकित्सकहरुको सङ्गठन राष्ट्रिय चिकित्सक संघ चितवन शाखाको अध्यक्षमा प्रतिक न्यौपाने चयन हुनुभएको छ । शनिबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले न्यौपानेको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. जयराम अधिकारी र डा. मञ्जु पाण्डे रहनुभएको छ । यस्तै सचिवमा डा. अमित चौधरी, कोषाध्यक्षमा डा. नवराज लामिछाने, सहसचिवमा डा. पल्लवराज पौडेल रहनुभएको छ । सदस्यहरुमा डा. रोशन आचार्य, डा. सन्दिप पाण्डे, डा. सुशील अधिकारी, डा. कृष्ण रेग्मी, डा. शशी पौडेल, डा. प्रशान्त आचार्य, डा. सञ्जय साह, डा. नरेन्द्र दराई र डा. टेकेन्द्र गौतम हरिजन रहनुभएको छ । नव निवार्चित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।
संघकाे अधिबेशनकाे नेकपा एमालेका सचिब याेगेश भट्टराईले आज उद्घाटन गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस !