भरतपुर,१३ श्रावण । भरतपुर आँखा अस्पतालले बिमा स्वास्थ्य कार्यक्रमलाई पुन : संचालन गरेको छ । बिरामीको तर्फबाट धेरै नै दबाब आएपछि आफूहरुले सेवा सुरु गरेको भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिए ।

साउन १ गतेबाट लागु हुने गरी आँखा उपचारमा बिमा सुबिधा कटौती गरिएकोमा शुक्रबारबाट आंशिक संचालनमा ल्याइएको र आइतबारबाट पूर्ण रुपमा संचालनमा ल्याउने उनले बताए ।

उनले सरकारले बिमा दावी भुक्तानी नगरेका कारण बाध्य भएर बन्द गरिएको प्रतिक्रिया दिएका थिए । तर बिमा वोर्डसँगको कुराकानीको क्रममा केही दिनमा दावी गरिएको केही रकम दिने आश्वासन पाएकाले आफूहरुले पुन संचालन गरेको घिमिरेको भनाइ छ । नेत्र ज्योति संघबाट संचालित यस आँखा अस्पताल सामुदायिक प्रकृतिको अस्पताल हो । सरकारले बजेट भाषणमा अब सरकारी र सामुदायिक अस्पतालले मात्र बिमा सुबिधा दिन पाउने भने पनि यस अस्पतालले वक्यौता धेरै भएको भन्दै सेवा रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस !