चितवनः पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढको पुलचोकमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ बर्षिया महिला रहेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।
कार्यालयका अनुसार पुलचोकबाट गैडाकोट तर्फ जाँदै गरेको आरजे २५ बिए २९३१ नम्बरको बुलेटले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको हो । ठक्करबाट घाईते महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुर्घटना आज दिउँसो १ः१० बजे भएको हो । मृतकको शब भरतपुर अस्पतालको शब गृहमा राखिएको छ । महिलाको पहिचान हुन सकेको छैन ।






