चितवनः पूर्बी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ६ स्थित पुरानो पर्साबजारबाट भन्सार छली ल्याएको ४२० वोरा चिनी बरामत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ५० किलोका ती बोरा पराजुली खाध्य उद्योग अगाडी रोकी राखेको लु २ ख १०३२ नम्बरको ट्रकबाट बरामत गरिएको हो ।
रु १८ लाख ६९ हजार बराबरको चिनी बरामत गरिएको कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीले जानकारी दिनुभयो । बरामत गरिएको चिनी, ट्रक र चालक लाई आबश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको उहाँले जानकारी दिनुभयो ।






