चितवनः वन तथा बातावरण मन्त्री प्रदिप यादवले बिकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुरको बिकास सम्बन्धि बहस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वनका कारण रोकिएका बिकासका आयोजना अघि वढाईने बताउनुभयो ।
महानगरपालिका भित्र वन क्षेत्रका कारण धेरै आयोजनाहरु रोकिए पछि गरिएको वहस कार्यक्रममा मन्त्री यादवले आँफु बिकास प्रेमी भएकाले वनकै कारण बिकासका काम नरोकिने बताउनुभयो । उहाँले भन्नुभयो “समस्या परेका ठाउँमा हामी स्थलगत निरिक्षण गरेर समाधानको उपाय खोज्ने अभियानमा जुटेका छौ ।” बिकल्प खोजेर बिकासका कामलाई अघि वढाईने उहाँको भनाई थियो ।
भरतपुर माडी हुँदै ठोरी सम्म जाने हुलाकी सडक लाइफ लाईन भएकाले यसको कामलाई रोक्न नहुने उहाँको भनाई थियो । आँफु पर्शाको जनप्रतिनिधि भएकाले यो सडक निर्माणको दायित्व आफ्नो काधमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो “हुलाकी सडकमा परेका समस्या समाधानका लागि वन मन्त्रालय आबश्यक निर्णय लिने अन्तिम तयारीमा रहेको छ ।” कागजमा हेरेर मात्रै नहुँने भन्दै उहाँले स्थलगत निरिक्षण पछि प्रकृया पु¥याएर निर्णय गर्न सकिने बताउनुभयो । भरतपुर महानगर भित्र लालपूर्जा बितरण सहीत देखिएका बिभिन्न समस्याहरु समाधान गर्न टोली खटाएर निर्णय गर्ने पनि उहाँको भनाई थियो ।
भरतपुर महानगर अबको ५ वर्षमा देशकै नमुना बन्ने गरी बिकासको काम भइरहेको आफुले पाएको भन्दै मन्त्री यादवले वन मन्त्रालय यसको बाधक नभएर सहयोगी वन्ने बताउनुभयो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरीय रिङ्रोड, नारायणीको तटवन्धन, ल्याण्डफिल्ड साइट, अटोल्याण्ड निर्माण क्षेत्र, बिद्युतीकरणका कामहरुमा, गोलाघाट–नवलपरासी जोड्ने पुल निर्माण लगाएतका क्षेत्रमा रुख कटानमा समस्या देखिएको बताउनुभयो । यस्तै सुकुम्बासीको जग्गा बितरण, यातायात कार्यालय स्थापना लगाएतका काममा वनका कारण भएका समस्या समाधान गरिदिन उहाँले अनुरोध गर्नुभयो । यस्तै नगरवनलाई अन्तराष्ट्रिय पार्कको रुपमा बिकास गर्न लगानी कर्ताहरुसंग सम्झौता भईसक्दा समेत वनका कारण अबरोध भएको भन्दै यसको निकासका लागि आग्रह गर्नुभयो ।
सोही अबसरमा वन सचिब डा. पेमनारायण कंडेलले वनका कारण देखिएका समस्याहरु मन्त्री स्तर, मन्त्री परिषद र संसदमानै लानु पर्ने भए पनि आबश्यक प्रकृया पुरा गरेर लैजान मन्त्रालय तयार रहेको बताउनुभयो ।
मन्त्री यादव सहितको टोलीले शनिबार माडीमा वनका कारण देखिएका समस्याहरुका बारेमा स्थलगत निरिक्षण गरेको थियो । हुलाकी सडकमा वनका कारण देखिएका समस्याका बारेमा हुलाकी सडक आयोजना निर्देशनालयका आयोजना निर्देशक धर्मेन्द्र झाले जानकारी गराउनु भएको थियो ।
जिल्लाका दलिय प्रतिनिधि, स्थानीय निकायका प्रमुखहरु सहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको एक टोलीले केही दिन अघि प्रधानमन्त्री शेर वहादुर देउवालाई भेट गरी समस्याको बारेमा अबगत गराएको थियो । सो क्रममा प्रधानमन्त्री देउवाले यस बिषयमा तत्काल सम्बोधन गरिने आश्वासन दिनु भएको थियो । यस संगै दाहालको आग्रहमा मन्त्री यादवको टोली स्थलगत रुपमा निरिक्षण गर्न शनिबार चितवन आएको हो ।






