चितवन,६ श्रावण।  चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा बस र विङगर गाडी आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विङगर चालक रुपन्देहीको बुटवल नगरपालिका २ का २५ वर्षीय कमल दर्जी रहेका छन् । बिहीबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते दर्जीको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा १९ जना घाइते भएका थिए । उनीहरु मध्ये रुपन्देहीको देबदह गाउँपालिका २ का २२ वर्षीय शिव सारु, नवलपुरको गैडाकोट नगरपालिका २ की १२ वर्षीय नुतन ढकाल उपचारपछि डिस्चार्ज भएका छन् । अन्यको उपचार भइरहेको छ ।

बिहीबार साँझ ७:२० बजे चुम्लिङटारस्थित पृथ्वी राजमार्गमा काठमाडौंबाट बझाङतर्फ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख ३५०२ नम्बरको विङगर आपसमा ठोक्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस !