चितवन:नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी निर्वाचनका लागि गरिने तालमेलमा तीन कुरामा न्यूनतम समझदारी बन्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले निर्वाचन अघि गरिने तालमेल दलहरुका बिचमा संबिधानलाई हेर्ने दृष्ट्रिकोण, आर्थिक सामाजिक मुद्धाहरु र बिदेश नीतिका सन्दर्भमा न्यूतम सामझदारी वन्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “यी कुरामा समझदारी हुँदैन भने तालमेल नगरेकै राम्रो ।” न्यूनतम समझदारी नवनी तालमेल गर्दा निर्वाचन जितिसके पछि साना कुरा, तानातानले तालमेल टुट्न सक्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो“तालमेलमा रहेका दलहरुमा खालि सिटको बाँडफाँड हुने । निर्वाचन जित्ने कुरालाई मात्रै ध्यान दिने, निर्वाचन जितिसके पछि आआफ्नो मत रहने हो भने सानो कुराको स्वार्थले पनि दुर्घटनामा पर्देरहेछ भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टीको २०७४ सालको निर्वाचनबाट देखेका छौ ।” उहाँले थप्नुभयो “ नेपालको निर्वाचन प्रणालीमा एउटा पार्टीले एक्लै लड्दा बहुमत ल्याउने अबस्था छैन ।”
तालमेल गर्दा निश्चित उद्धेश्य हुनु पर्ने उहाँको भनाई थियो । २०७० सालमा पनि तालमेल भएको भन्दै उहाँले नेपालमा निर्वाचन पछि र अगाडीको तालमेल असफल भएको बताउनुभयो । तालमेल के का लागि, जनता संग जोडीन्छ की जोडीदैंन भन्ने हुनु पर्छ उहाँको भनाई थियो । तत्कालका लागि नाफा मात्रै देखिन्छ भने त्यो आबश्यक नभएको यहाँले बताउनुभयो । उहाँले भन्नुभयो “तालमेल गर्दा के का लागि गर्ने, कसैको बिरुदमा, पार्टीको बिरुद्धमा होईन ।”
नेपाली काङ्ग्रेस त्यस तर्फ सचेत रहँदै बहुमत ल्याउनका लागि तालमेल आबश्यक रहेको उहाँले बताउनुभयो । बहुमत स्थिर सरकारका लागि आबश्यक रहेको उहाँको भनाई थियो । नागरीक संग गरेका बाचा पाँच वर्ष गर्नका लागि काङ्ग्रेसलाई बहुमत आबश्यक रहेको उहाँले जिकिर गर्नुभयो ।
फरक प्रसंगमा बोल्दै उहाँले पार्टी सभापतिलाई बलियो बनाउँदै बिधि सम्बत पार्टी चलाउन आँफुहरुको दबाब रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !