चितवनः नेपाली काङ्ग्रेसका प्रबक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचन सम्म तालमेल गरेर जाने निर्णय भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले तालमेल गर्न जटिल भए पनि आगामी निर्बाचन सम्म अहिलेकै गठवन्धनको तालमेल हुने बताउनुभयो ।
उहाँले भन्नुभयो “स्थानीय तहको निर्वाचनको अनुभवले पनि हामीलाई विश्वास बढाएको छ ।”स्थानीय निर्वाचनको नतिजालाई सबै दलले सन्तोषजनक रुपमा लिएको भन्दै उहाँले यसैलाई आधार मानेर निर्वाचनमा जाने बताउनुभयो । उहाँले भन्नुभयो “म लाई बिश्वास छ । यो गठवन्धन टुट्दैन ।” शिर्ष नेताहरु समेत गठवन्धन नतोड्ने पक्षमा रहेको उहाँको भनाई थियो ।

तालमेल गर्दा पार्टीको नेतृत्वदायी भूमिका र समग्रमा पार्टी पङ्तिको भावना अनुसार हुने उहाँले बताउनुभयो । फरक प्रसंगमा बोल्दै उहाँले सरकारले अहिले देश बिकास, स्थायीत्व र जनआकांक्षा अनुसार काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो “सरकारमा रहेर देशको बिकास कसरी गर्न सकिन्छ भन्ने तर्फ हाम्रो ध्यान गएको छ ।” बिसम परिस्थितिमा काङ्ग्रेसको नेतृत्वमा सरकार बनेको भन्दै उहाँले त्यसको सामना गर्दै अघि वढेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै उहाँले भातृसंगठनहरुले यही साउन महिनाभित्र पूर्णता पाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !