चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले मानब बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ पोखरीभञ्याङ गाउँपालिका वडा नम्बर ५ की ४० वर्षिया कल्पना महरा रहेको प्रहरीले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १ मा कल्पना होटल एण्ड गेष्ट हाउस सञ्चालन गर्दै आएकी महरालाई असार ३१ गते पक्राउ गरिएको हो । महराले २२ बर्षिया युवतिलाई ललाई फकाई अनैतिक कार्य गराई मानब बेचबिखन तथा ओसार पसार कार्य गरेको आरोपमा पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । पक्राउ परेकी उनलाई मानव बेचबिखन तथा ओसार पसार मुद्धामा म्याद थप गरी अनुसन्धान सुरु गरीएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !