चितवनः राष्ट्रिय वन क्षेत्रमा वन पैदावार तस्करी गर्ने ६१ जना पक्राउ परेका परेका छन् । गत आर्थिक वर्षमा वन पैदावारका ४१ वटा मुद्धामा ८३ जना संलङ्न रहेको पाईएकोमा ६१ जनालाई पक्राउ गरीएको हो ।
डिभिजन वन कार्यालय चितवनका अनुसार अन्य २२ जना फरार रहेका छन् । पक्राउ परेकाहरुलाई वन ऐन अनुसार कारबाही सुरु गरिएको छ । यस्तै बन्यजन्तु चोरी शिकारी मुद्धामा २ जना पक्राउ परेको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो । खनालका अनुसार पक्राउ परेका व्यक्तिहरुबाट सालको गोलिया ५११ दशमलब ४१ क्यूफिट, चिरान काठ ६७२ दशमलब ४ क्यूफिट रहेको छ । यस्तै चाप चिरान काठ ४० दशमलब १७ क्यूफिट, उत्तीस ३५ दशमलब ५६ क्यूफिट, चिलाउने ९ क्यूफिट काठ बरामत गरिएको उहाँले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७७÷०७८मा बन पैदावार चोरीमा ३७ वटा र वन्यजन्तुका मुद्धा ८ वटा दर्ता भएका थिए । डिभिजन वन कार्यालयले ५७ हजार ६५० हेक्टर क्षेत्रफलको बन हेर्दै आएको छ । यसमा बरडाभार क्षेत्रमा १० हजार ३ सय २ हेक्टर क्षेत्रफल पर्दछ । खनालका अनुसार बरण्डाभार क्षेत्रमा बढि मात्रामा चोरी हुने गरेको छ । यस्तै राप्ती र खैरहनी नगरपालिका क्षेत्रबाट समेत बन पैदावार चोरी तस्करी हुने गरेको कार्यालयले जनाएको छ ।
यस्तै कार्यालयले गत आर्थीक वर्षमा रु ३ करोड ६९ लाख ६ हजार राजश्व संकलन गरेको छ । कार्यालयले गत आर्थीक वर्षमा २ लाख ५० हजार बिरुवा उत्पादन गरी बितरण गरेको छ । खनालका अनुसार बिरुवा असार १४ गतेबाट बितरणको प्रकृया सुरु गरीएको हो । सितल चिनि, तेजपात, हर्रो, बर्रो, बेल, धुपी, अमला कपुर जस्ता ३९ प्रजातीका बिरुवा बितरण गरीएको उहाँले जानकारी दिनुभयो । अहिले सम्म ६५ प्रतिशत बितरणको काम सम्पन्न भईसकेको छ । अन्य बिरुवा वितरणको काम जारी रहेको कार्यालयले जनाएको छ ।






