चितवनः पत्रकार कृष्ण आचार्यलाई कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका सात जना कर्मचारी पक्राउँ परेका छन् । शुक्रवार कार्यलय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाको आधारमा समाचार संकलन गर्न पुगेका आचार्यलाई कर्मचारीले कुटपिट गरेका थिए ।
कुटपिटको आरोपमा केन्द्रका सुपरभाईजर इलेक्ट्रिकल आनन्द बहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटर रिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेल पक्राउ परेका हुन् । पौडेल शुक्रबार राती नै पक्राउ परेका हुन । उनीहरुलाई कानुन अनुसार कारबाही गर्ने गरि मुद्दा चलाईने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो ।
कार्यालय परिसर भित्रै मदिरा सेवन गरेर बसेका कर्मचारीहरुले आचार्यलाई कुटपिट गरि दुव्र्यवहार गरेका थिए । आचार्यको हातमा चोट लागेको छ । भने कपडा समेत च्यातिदिएका थिए । समूहनै मिलेर कुट्न थालेपछि बन्द भएको गेट नाघेर ज्यान जोगानउ बाध्य भएको आचार्यले बताउनुभयो । आचार्यलाई कार्यलय परिसरभन्दा केही पर रहेको चितवन पोष्ट दैनीकको कार्यालयसम्म लखेट्दै लगेका थिए । उहाँलाई कर्मचारीले कुटपिट गरेपछि दुईवटा मोवाईल पनि नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस !