चितवन:नारमयगढ- मुग्लीन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्वर २९ केराबारीमा ट्रक र स्कार्पियाे एक आपसमा ठक्कर खाँदा सात जना घाईते भएका छन् ।नारायणगढबाट काठमान्डौ तर्फ जाँदै गरेकाे ना ६ ख २७७२ नम्बरको ट्रकले आज साँझ बिपरित दिशाबाट आउँदै गरेकाे ग २ च ३५१२ नम्बरको स्कार्पियो एक आपसमा ठक्कर खांदा स्कार्पियोमा सवार चालक सहित सात जना घाईते भएका छन् । घाईते सातै जनाकाे चितवन मेडीकल कलेजमा उपचार भईरहेकाे छ । घाईते मध्ये तीन जनाकाे अबस्था गम्भीर रहेकाे छ भने अन्यकाे मध्यम रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
कार्यालयका अनुसार ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !