चितवन : समाचार संकलनकाक्रममा पत्रकार कृष्ण आचार्यलाई आक्रमण गर्ने नेपाल विधुत प्राधिकरणका कर्मचारीलाई कारबाही गर्न नेपाल प्रेस युनियन चितवनले माग गरेकाे छ ।
जिल्ला शाखा अध्यक्ष अनिल ढकालले आज विज्ञप्ति जारी गर्दै रिपोर्टिङमा लागि कार्यालय पुगेका नारायणी अनलाईन तथा सञ्चारपत्र दैनिकका
प्रकाशक/सम्पादक आचार्यलाई केन्द्रका कर्मचारीले लखेट्दै कुटपिट तथा लछारपछार गरेको घटनाप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको भन्दै यो घटना स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप भनिएकाे छ । घटनामा संलग्नहरुलाई तत्काल कारवाही गर्न माग गर्दै प्रेस युनियन प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न, पत्रकारलाई स्वतन्त्र र निर्वाध
काम गर्ने वातावरण बनाउन तथा यस्ता घटना नदोहोऱ्याउन सम्बन्धित निकायसँग माग गरिएको छ। कुनैपनि घटनाबाट विचलित नभई सत्यतथ्य समाचार सम्प्रेषणमा जुट्न आम
पत्रकारहरुमा अनुरोध गर्दै वितरण केन्द्रको परिसरमा कर्मचारीहरु मदिरा सहित भोज भतेर गरेको थाहा पाएर रिपोर्टिङ गर्न गएका पत्रकारलाई कार्यालयको मुल गेट बन्द गरी कुटपिट गर्नुको साथै कपडा च्यातेर मोबाईल समेत नियन्त्रणमा लिएको घटना खेदजनक तथा निन्दनीय रहेकाे र दाेषी उपर कडा कारबाही गर्न विज्ञप्तिमार्फत माग गरिएको हाे ।






