चितवनः जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ । पिसिआर परिक्षण र एन्टिजिन परिक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको हो ।
स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार बिहिबार साँझ सम्म जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको संख्या ९ रहेको छ । असार अन्तिम साताबाट जिल्लामा कोरोना सङ्क्रमण देखिन थालेको उहाँले जानकारी दिनुभयो । फागुन अन्तिम साताबाट शून्यमा झरेको कोरोना सङ्क्रमण असार अन्तिममा आएर देखा पर्न थालेको हो ।
कोरोना सङ्क्रमण देखिन थाले संगै स्वास्थ्य कार्यालयले साबधानीका उपाएहरु अबलम्बनन गर्न अनुरोध गरेको छ । स्वास्थ्य मापदण्डको पालना गर्दै कार्यक्रमहरुमा सहभागी हुन अनुरोध गरिएको ढकालले जानकारी दिनुभयो ।
कार्यालयका निमित्त प्रमुख राम केसीका अनुसार जिल्लामा अहिले देखिएका कोरोना सङ्क्रमित मध्ये आठ जना होम आईसोलेसनमा रहेका छन् भने एक जना अस्पतालमा उपचाररत रहेका छन् । सामाजीक दुरी कायम राख्ने, माक्सको नियमीत प्रयोग गर्ने, नियमित साबुन पानीले हात धुने, कोभिड बिरुद्धको खोप लगाउने जस्ता कार्यहरु गर्न उहाँले अनुरोध गर्नुभयो ।
जिल्लामा हाल सम्म ३३ हजार ५६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोभिड १९ बिरुद्धको खोप पहिलो मात्रा ५ लाख ३९ हजार ५१४ जनाले लगाएका छन् भने दोस्रो मात्रा खोप ४ लाख ५८ हजार ११८ जनाले र बुष्ट डोज १ लाख ९१ हजार ६८५ जनाले लगाएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !