चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले गोरुको मासु सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्को रुवी गाउँपालिका वडा नम्बर ५ बस्ने २८ वर्षिय शंकर तामाङ्, चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० बस्ने ४५ बर्षिय प्रतिक ठकुरी र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ११ का ३५ वर्षिय होम घिमिरे रहेका छन् ।
कार्यलयका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको ना २ ह ३९६९ नम्बरको अटोमा चेकजाँचका क्रममा बिहिबार गोरुको मासु फेला परेको हो । प्लाष्टिकको बोरामा लुकाई मासु ल्याउँदै गरेको अबस्थामा पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुलाई पशुपन्छी सम्बन्धि कसुरमा म्याद थप गरि अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !