चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १ प्राकृति योग चिकित्सालय बागेश्वरीमा एक पुरुषको शब फेला परेको छ । अन्दाजी ४० वर्षिय पुरुषको शब आज फेला परेको हो ।
चिकित्सालयको छेउमा पुरुषको शब भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको शब पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ । घटनाको बिषयमा अनुसन्धान सुरु गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !