चितवनः नेपालमा मुद्रण संग सम्बन्धित उद्योगहरुमा दक्ष जनशक्तिको अभाव भएको भन्दै नेपाली पाठ्यक्रममा समाबेश गरेर जनशक्ति उत्पादन गर्नुपर्ने उद्योगीहरुको माग रहेको छ । यहाँका धेरै उद्योगहरुमा प्राबिधिक काम गर्ने अधिकांश जनशक्ति भारतीय रहेका छन् ।
नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष खोमकान्त रेग्मीले ठूलो जनशक्तिको माग हुने मुद्रण उद्योगहरुमा प्राबिधिक जनशक्ति स्वदेशी निकै कम रहेको बताउनुभयो । उहाँको भनाईमा देशका चार हजार उद्योगमा एक लाख जना भन्दा बढिले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यतीनै संख्यामा अप्रत्यक्ष रोजगार पाउनेहरु रहेका छन् । यस क्षेत्रमा रु ८५ अर्ब भन्दा बढि लगानी छ । उहाँले कक्षा ९ देखिनै प्राबिधिक जनशक्ति उत्पादन गर्न सक्ने गरी पाठ्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो । उच्च शिक्षा अध्ययन संगै स्वदेशमानै रोजगारी पाउने गरी मुद्रण क्षेत्रमा उपयोगी शिक्षा दिन महासंघको माग रहेको रेग्मी बताउनुहुन्छ ।
बिदेशमा यस संग सम्बन्धित पढाईका लागि बिश्वबिद्यालयनै स्थापना गरिएको भन्दै उहाँले पहिलो चरणमा पाठ्यक्रम हुँदै उच्च शिक्षा पढाउने कलेज खोल्नुपर्ने बताउनुभयो । नेपालका छापाखानाहरुमा बाहिरबाट आएका कतिपय प्राबिधिक जनशक्तिले रु ३ लाख भन्दा वढि पारिश्रमिक पाउने गरेका छन् । स्वदेशमा यस्ता जनशक्ति नहुँदा ठूलो रकम बाहिर जाने गरेको छ । उहाँले भन्नुभयो “सरकारले पढाइदिए ठूलो रकम यहाँ रोकिन्छ । स्वदेशिले रोजगार पाउँछन् ।”
नेपालका उद्योगहरुमा धेरै तलब खाने प्राबिधिक जनशक्ति आधा भन्दा बढि भारतिय छन् । कतिपय नपाली बिद्यार्थीलाई मुद्रण उद्योगहरुले बिदेशी क्याम्पसहरुमा पढ्न पठाएका छन् । अमेरीका, यूरोप लगाएतका देशमा अनुभब हाँशिल गरेर स्वदेश फर्कीएर उद्योग चलाउनेहरु पनि छन् । सेक्युरेटी प्रिन्टिङ्को काम सरकारले गरेर नीजि क्षेत्रलाई पुस्तक छाप्ने जिम्मेवारी दिएमा बाहिरीने ठूलो रकम जोगिने अध्यक्ष रेग्मीको तर्क छ ।
हाल सरकारले कक्षा १ देखि ३ सम्मको मात्र पुस्तक छपाईका लागि नीजि छापाखानालाई जिम्मेवारी दिदैं आएको छ । पहिले पहिले कक्षा ८ सम्मको पुस्तक छाप्न नीजि क्षेत्रलाई दिने गरिएको थियो । छपाईका सबै काम नेपालमानै गर्न सकेमा अरबौं रुपैंया स्वदेशमा बस्ने र समयमानै बिद्यार्थीले पुस्तक पाउने रेग्मी बताउनुहुन्छ । पाठ्यपुस्तक छाप्नका लागि यहाँका उद्योगीहरुले ठूला मेसीनहरु भित्र्याएका छन् ।

प्रतिक्रिया दिनुहोस !