चितवनः भरतपुर महानगरपालिका वडा नं. १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । घटनामा परी ईच्छाकामना गाउँपालिका वडा नं. ३ बस्ने २१ वर्षिय सन्दीप गुरुङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १ः३० बजेको समयमा पुल्चोकबाट मुग्लिन तर्फ जाँदै गरेको ना ५ ख ८४९७ नं. को ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक पार गर्न लागेको ना २६ प ४८५१ नं. को स्कुटरलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट स्कुटर चालक गैंडाकोट नगरपालिका वडा नं. ४ का २१ वर्षिय मनिस लामा गम्भीर घाईते हुनु भएको छ । उहाँको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । पछाडी सवार गुरुङ्को उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस !