चितवनः भरतपुरमा मसँग जब फेयर (रोजगार मेला) हुनेभएको छ । मसँग जबको आयोजना तथा नेपो फिनिसिङ इण्डष्ट्रिजको सहकार्यमा भरतपुरको सिजील्याण्ड मार्कमा हुन लागेको हो । २८ गते मंगलबार विहान १० बजेदेखि फेयर सुरु हुने जनाइएको छ । मसँग जबका प्रमुख पवन थापाले रोजगारीको खोजीमा रहेकाहरुले प्रत्यक्ष रोजगारदातासँग रोजगारीका अवसरबारे परामर्श लिन सक्ने बताउनुभयो ।
उहाँका अनुसार फेयरकै दिन रोजगारीमा नियुक्त गर्ने गरी रोजगारदाताहरुले कर्मचारीहरुको खोजी गर्नेछन् । फेयरमा करिब १ हजार जना सहभागि हुने उहाँको भनाई छ । जागीरका लागि अन्र्तवार्ता दिने दिनका लागि रुपमा जब फेयर उपयोगी हुने दाबी गर्नुभयो । फेयरमा १५ बढी रोजगारदाता कम्पनीका प्रतिनिधिले कर्मचारी छनौट गर्ने छन् ।
आइटी, मार्केटिङ, हस्पिटालिटी, एकाउण्टेण्ट लगायतका क्षेत्रमा जनशक्ति नियुक्त हुने अपेक्षा लिइएको बताउनुभयो । नेपो फर्निसिङका कार्यकारी प्रमुख सूर्य कँडेलले हातमा सीप भएरपनि बेरोजगार बन्नुपरेकाहरुलाई फेयर निकै फलदायी हुने बताउनुभयो । बेरोजगार भएकालाई अवसर खोज्ने दिनका रुपमा उपयोगी हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !