चितवनः बस मर्मत गर्ने क्रममा सोही बसले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २४ का २१ बर्षिय सुरज नेपाली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रनगरमा बिग्रीएर मर्मत गर्दै गरेको ना ५ ख ९६७ नम्बरको बस चालकले परिक्षण गरेर चलाउँदै गर्दा सहचालकको मृत्यु भएको हो । बसले किचेर घाईते नेपालीको उपचारका क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको कार्यालयका प्रबक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।






