चितवनः बाघको आक्रमणबाट एक महिला घाईते भएकी छन् । पूर्बी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १३ कुमरोज मध्यवर्ती सामुदायीक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षिया बालिका गुरुङ्लाई आक्रमण गरेको हो ।
आज बिहान ८ वजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार घाइते गुरुङ्को पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ । घाइतेको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !