चितवनः जिल्लामा बाढी पहिरोबाट ५० हजार ५ सय घरपरिवार जोखिममा रहेका छन् । जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले यो तथ्याङ्क निकालेको जिल्ला बिपद पूर्ब तयारी तथा प्रतिकार्य योजना परामर्श दाता बलराम लुईटेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाका सात पालिकामा रहेका २ लाख बढी जनसंख्या बर्षातका कारण प्रभावित वन्ने छन् । बाढीका कारण जिल्लामा भरतपुर महानगरपालिका बढि प्रभावित वन्ने देखिएको छ । भरतपुर महानगरपालिकामा ३० हजार घरधुरीका १ लाख जनता प्रभावित वन्ने तथ्याङ्क निस्किएको  उहाँले जानकारी दिनुभयो । यस्तै माडी नगरपालिकाका ४ हजार ५ सय घरधुरी र २० हजार जना, रत्ननगरका ५ हजार घरधुरीका १७ हजार जना प्रभावित वन्ने प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।
कालिका नगरपालिकाका १ हजार ५० घरधुरीका ६ हजार जना, खैरहनी नगरपालिकामा ३ सय २० घरधुरीका १ हजार ६ सय जना र राप्ती नगरपालिकाका ११ घर धुरीका ५१ हजार जना प्रभावित बन्ने उहाँले बताउनुभयो । यस्तै पहिरोका कारण भरतुर महानगरपालिकाका ३ सय घरधुरीका १ हजार जना, कालिका नगरपालिकाका १ सय घरधुरीका ३ सय ५० जना, राप्ती नगरपालिकाका २ सय घरधुरीका ७ सय २० जना प्रभावित बन्ने अनुमान जिल्ला बिपद व्यवस्थापन समितिले गरेको छ । यस्तै इच्छाकामना गाउँपालिकामा १ सय २५ घर धुरी पहिरोबाट प्रभावित वन्ने खतरा छ । जहाँ ६ सय २८ जना प्रभावित हुने अनुमान गरिएको छ ।
जिल्लामा बाढी र पहिरोको खतरा वढि रहेकोले सबैलाई उच्च सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी अशमान तामाङ्ले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो “नारायणी र राप्ती नदीका कारण जोखिम वढेको छ । जोखिम न्यूनिकरणका लागि तयारीमा लागेका छौ ।” बिपदको समयमा प्राकृतिक स्रोत र साधनको प्रयोग गर्न जनतालाई दिईएको भन्दै उहाँले उद्धार र क्षती न्यूनिकरणका लागि आबश्यक सामाग्री खरिदको प्रकृया अघि वढाईएको बताउनुभयो । आबश्यकता अनुसार जनशक्ति परिचालन, उद्धारका लागि सुरक्षा निकायलाई उच्च सतर्क अबस्थामा रहन निर्देशन दिईएको उहाँको भनाई छ ।
आबश्यक खाद्यन्, स्वास्थ्य सामाग्री, उद्धारका सामाग्रीहरु तयारी अबस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !