काठमाडौंः संरक्षित वन्यजन्तु गैंडाको खाग चोरी शिकारमा संलग्न रहेको आरोप लागेर फरार भएका एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका वडा नं ९, शक्तिखोरका ४१ वर्षे रामकुमार प्रजा रहेकाछन् ।
मकवानपुरको हेटौंडाबाट पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय चितवन पठाएको ब्यूरोले जनाएको छ । ब्यूरोका उपनिर्देशक श्यामकुमार महतोका अनुसार पक्राउ परेका प्रजा ठुलो कान्छा एवं सागर प्रजा भनिने विन्दर सिंह प्रजा समेत संलग्न भएको संरक्षित वन्यजन्तु गैंडा शिकार गरी त्यसको खाग (आखेटोपहार) राख्ने, खरिद र बिक्री तथा ओसारपसार गरेको मुद्दाका आरोपी हुन् ।






