चितवनः उद्धार गरिएका बाघलाई देवनगर बरण्डाभार वन क्षेत्रमा राख्ने गरि तयारी अघि वढाईएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिबिधि बढे संगै त्यहाँ उद्धार गर्नु परेका बाघलाई देवनगरमा निर्माणाधिन उद्धार केन्द्रलाई व्यवस्थित गरेर बाघ राख्न लागिएको हो ।
समस्यामा परेका बाघको संख्या वढेपछि बिकल्पको खोजि थालिएको हो । हाल निकुञ्जमा तीन वटा बाघ खोरमा रहेका छन् । संख्या थपिदैं जाँदा हुर्कीएका बच्चाले ठाउँ पाउँन नसक्दा बस्ति पस्ने, बुढो भएर आहाराको खोजीमा बाहिर निस्कने र मानिसलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिनु पर्ने हुन्छ । ती बाघलाई राख्नका लागि व्यवस्थित ठाउँ आबश्यक पर्दछ । बाघको बच्चा दुई वर्ष ६ महिना कटे पछि माउ छाडेर नयाँ ठाउँको खोजिमा हुन्छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले देवनगरको वरण्डाभार वन क्षेत्रमा निर्माणाधिन उद्धार केन्द्रमा बाघ राख्ने गरी काम अघि वढाईएको बताउनुभयो । समस्यामा परेका बाघलाई देश भित्र र बाहिर रहेका चिडिया खाना वा खोरमा राख्नुको बिकल्प छैन । सो वन क्षेत्रमा पक्कि पर्खाल लगाई सकिएको छ । हाल त्यहाँ चिकित्सक सहित बस्नका लागि घर र पोष्ट निर्माणाधिन रहेको छ ।
बाघ, गैंडा, चितुवा जस्ता जनावर राख्नका लागि पर्खाल लगाइएको बन क्षेत्रमा ठूला खोरहरु वनाउने तयारी गरिएको हो । सो क्षेत्रमा दश वटा सम्म बाघ राख्न सकिने उहाँ बताउनुहुन्छ । दिर्घकालीन समाधान हुने गरी काम अघि वढाउन लागिएको हो । समस्यामा परेका बन्यजन्तु राख्नका लागि यस अघिनै सो ठाउँमा काम भईरहेको छ । आचार्यले भन्नुभयो “व्यवस्थित गर्दै जाँदा दस्तुर लिएर सर्बसाधारणलाई प्रबेश दिन सकीन्छ ।” जसको आम्दानीले केन्द्र सञ्चालन गर्न सकिने उहाँको तर्क छ ।
हाल कसरामा दुईवटा र सौराहामा एउटा खोरमा बाघ रहेका छन् । निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन् । ती मध्ये एउटा बाँकेबाट ल्याईएको झण्डै आठ बर्षको भाले बाघ हो । दोस्रो निकुञ्जकै देवनगर वेलसहर सामुदायीक वनमा दुई वर्ष अघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ हो । निकुञ्जको वन्यजन्तु अस्पताल सौराहामा यही बैशाख २७ गते राप्तीबाट नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ रहेकोमा त्यसलाई केही दिन अघि निकुञ्जको भित्रि भागमा लगेर छाडिएको छ । भरतपुरको राधाकृष्ण सामुदायीक वनमा नियन्त्रणमा लिइएको अन्दाजी ७ वर्षको भाले बाघ बन्यजन्तु अस्पतालको खोरमा राखिएको छ । यो वाघले १० दिनमा दुई जना मानिसलाई आक्रमण गरेको थियो । तीन वटै बाघ हिंस्रक हुन ।
चालु आर्थिक वर्षमा हाल सम्म बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ । जसमध्ये एक जना कर्मचारीको निकुञ्ज भित्र मृत्यु भएको हो । दुई जनाको दाउन्नेको जंगलमा र १३ जनाको मध्यवर्ती वन क्षेत्रमा बाघले खाएर मृत्यु भएको हो । साउन यता चार वटा बाघलाई नियन्त्रणमा लिइएर खोरमा राखिएको थियो । ती मध्ये एउटा छोडेपछि मरेको छ भने अर्को एउटालाई छोडेर अनुगमन गरिदैं आएको छ । बाघको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको यो हाल सम्मको उच्च दर हो ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणबाट ५ जनाको मृत्यु भएको थियो । बाघको संख्या बढेका कारण बाघ धेरै देखिएको र घटना भएको अनुमान गरिएको छ । सन् २०१८ मा गरिएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए । त्यतिवेला देशभरको संख्या २ सय ३५ रहेको थियो । यस वर्ष बाघ गणना भई सकेको छ । विश्व बाघ दिवसको अबसरमा तथ्याङ्क सार्बजनिक गरिदैं छ ।
बाघको संख्या वढेको अनुमान संगै निकुञ्ज भित्र नमुना घाँसे मैदान वनाउन प्रस्ताब गरिएको छ । बाघ र तीनका आहारा प्रजातीलाई बासस्थानको व्यवस्था गर्न निकुञ्ज जुटेको छ । ठाउँ बिस्तार गर्न नसकीने भएकाले भएको क्षेत्रलाई व्यवस्थित गर्न आबश्यक रहेको तिवारी बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !