चितवनः स्थानीय तहको निर्वाचन सम्पन्न भए संगै निर्वाचन आयोगले संञ्चालन गरेको मतदाता नामावली संकलन कार्यमा उत्साह जनक सहभागीता भएको पाईएको छ । जिल्ला निर्बाचन कार्यालय चितवनले असार १ गते देखि सुरु गरेको नामावली संकलन कार्यमा नयाँ नाम दर्ता गर्न आउनेको संख्या उल्लेख्य रहेको पाईएको छ ।
एक सातामा जिल्लाका १ हजार ८०५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको कार्यालयका प्रमुख भिमशेन कार्कीले जानकारी दिनुभयो । यो संख्या स्थानीय तहको निर्बाचन अघि २ सय हाराहारी रहेको थियो । उहाँले भन्नुभयो “अहिले ३ सय देखि ४ सय जनाको दैनिक नाम दर्ता भईरहेको छ ।” उहाँका अनुसार जिल्लामा अहिले तीन स्थानका पाँच केन्द्रबाट नामावली संकलन भईरहेको छ । जिल्ला निर्बाचन कार्यालय चितवनमा तीन वटा केन्द्र, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय माडीमा नामावली दर्ता भईरहेको छ । निर्वाचन कार्यालयमा एउटा बाहिरी जिल्लाको नाम दर्ता गरिएको छ भने अन्य केन्द्रबाट जिल्लाको नामावली दर्ता भएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन कार्यालयबाट बाह्य जिल्लाका २ सय ८ जनाको नाम दर्ता गरिएको उहाँले बताउनुभयो । यस्तै सोही कार्यालयका दुई केन्द्रबाट १ हजार १६० जना, जिल्ला प्रशासन कार्यालयबाट ४७२ जना र इलाका प्रशासन कार्यालय माडीबाट १७३ जनाले नामावली दर्ता गराएका छन् ।
स्थानीय निकायको निर्वाचनका क्रममा उमेर पुगेर समेत मतदान गर्न नपाएकाहरु बढि संख्यामा नामावली दर्ता गर्न आएको उहाँले बताउनुभयो । नामावली दर्ताका लागि नागरिकताको सक्कल प्रमाणपत्र, बसाई सराई भए बसाईसराईको कागज पत्र र बिवाहा भएर आएको भए बिवाहा दर्ता आबश्यक पर्ने उहाँले जानकारी दिनुभयो । स्थानीय तहको निर्बाचन २०७९ मा जिल्लामा ३ लाख ९७ हजार ६८५ जना मतदाता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस !