चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ८ गाैरिगञ्जमा वल्डङ् गर्ने क्रममा आगलागी भएकाे छ । सारदा प्रसाद न्याैपानेकाे गाेठमा आज बिहान वल्डिङ् गर्ने क्रममा आगलागी भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गाेठमा रहेकाे पराल र काठपात जलेर नष्ट भएकाे छ । आगलागीबाट रु एक लाख बीस हजारकाे क्षेती भएकाे छ । स्थानिय, नेपाल प्रहरी र भरतपुर महानगरपालिकाकाे दमकलकाे सहायताले आगाे नियन्त्रणमा लिईएकाे थियोे ।






