चितवन: बालिका बलात्कार घटनाका आरोपितलाई जिल्ला अदालत चितवनले १० वर्ष कैद सजाय फैसला सुनाएको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले आइतबार उक्त फैसला गरेको हो । आरोपितलाई १० वर्ष कैद, ४ लाख जरिवाना र १ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ ।

०७८ पुस २० गते बारा कोल्वी नगरपालिका–९ घर भएका ३१ वर्षीय जियालाल महराले रौतहट घर भई हाल भरतपुरमा अस्थायी बसोवास गर्ने १६ वर्षीया बालिकालाई बलात्कार गरेको भनी पीडित पक्षले माघ ७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस !