चितवनः नेपालमा उत्पादित कुरिलो अन्तर्रास्ट्रिय बजारमा समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २५ निबासी सुमन सुवेदीले उत्पादन गर्नुभएको कुरिलो अहिले दुवइ र कतार पुगेको छ ।

एस.पारा प्रा.ली.का संञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेश सम्म जाने गरेको बताउनु भयो । उहाँले भन्नुभयो “यहाँको उत्पादन बिदेश सम्म पुग्ने गरेको छ । मेरोमा किन्न आउने मध्ये एक जना बिदेशी ग्राहक मेत रहेका छन् । उनले सातामा दुइ पटक कुरिलो लाने गरेका छन् ।” एक पटकमा ५० किलो कुरिलो बिदेश जाने गरेको उहाँले जानकारी दिनुभयो । आँफुहरुले सिधै कुरिलो बिदेश पठाउन भने नपाएको उहाँको गुनासो रहेको छ । बिगत ६ वर्ष देखि कुरिलो उत्पादन गर्दै आउनु भएका सुबेदीले अहिले दैनिक ३० जनालाई रोजगारी दिदै आउनु भएको छ । कुरिलो व्यवसाय दुई विगाह क्षेत्रफलमा गर्दै आउनुभएका सुवेदीले क्षेत्रफल बढाउने तयारीमा रहेको जानकारी दिनुभयो । कुरिलो व्यवसायबाट मात्रै बार्षिक रु २० लाख आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । बार्षिक १५ हजार किलो कुरिलो बिक्री गर्ने गरेको उहाँको भनाई छ ।

भरतपुर महानगरमा व्यवसायीक रुपमा कुरिलो खेती आँफुले मात्रै गरेको बताउदै उहाँले उत्पादनको समयमा बजार मुल्य नपाउँदा समस्या हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “कुरिलो उत्पादनका लागि बैशाख देखि भदौ सम्मको समय उत्तम भए पनि सोही समयमा मूल्यमा गिरावट हुने गरेको छ ।” बजारमा स्वस्थ प्रतिशप्रर्धा नहुँदा समस्या रहेको उहाँले गुनसो गर्नुभयो । अहिले वजारमा कुरिलोको मूल्य प्रतिकिलो रु ३ सय रहेको छ । कुरिलो मात्रै नभएर तरकारीमा बिचौलिया नियन्त्रण हुन सके राम्रो मुनाफा हुने उहाँले जानकारी दिनुभयो । आँफु २५ वर्षको उमेर देखि कृषि कर्ममा लागेको बताउँदै उहाँले नेपालमानै काम गरे बिदेशको भन्दा राम्रो आम्दानी लिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो “कहिले नाफा कहिले घाटा बेहोर्न सक्नु पर्छ । बिदेश जानु पर्ने अबस्था आउँदैन ।”
उहाँले १८ विगाह क्षेत्रफलमा व्यावसायीक तरकारी खेति गर्दै आउनु भएको छ । सो जग्गा मध्ये दुई विगाह आफ्नो हो भने अन्य जग्गा भाडामा लिएर व्यावसायीक रुपमा तरकारी खेती गर्नु भएको हो । सुवेदीको बारीमा अहिले काँक्रो, फर्सी, घिरौला, चिचिन्डा, बोडी, लौका लगाएतका तारकारी उत्पादन भईरहेका छन् । उत्पादीत तरकारीको अहिले बजार मूल्य न्यून रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “तरकारीको मूल्यको कुरा गर्नेहो भने लागत मूल्य पनि उठ्न कठिन छ ।” बुबा आमाले वि. सं. २०५० साल देखि गर्दै आएको यो व्याबसाय भएकाले आँफुले यसलाई व्यवसायीक रुप दिएको उहाँको भनाई छ ।
कुरिलो र तरकारीलाई व्यवसायीक रुपमा खेती गर्दै गर्दा पनि अहिले सम्म राज्यका कुनै निकायको यस तर्फ ध्यान जान नसकेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो “राज्यले कृषिमा दिने अनुदान किसानको हितमा छैन ।” शक्तिको आडका आधारमा अनुदान दिईने गरेको भन्दै उहाँले बास्तबिक किसानले अहिले सम्म अनुदान पाउन नसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !