चितवनः पश्चिम चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ५ झुवानीमा पाँच वर्ष पछि कम्ब डुक (Cumb duck) नामक चरा देखा परेको छ । बई एजुकेसन सोसाईटी चितवका पूर्ब अध्यक्ष बासु बिडारीका अनुसार झुवानीमा रहेको तालमा चरा देखिएको हो ।
नेपालको रैथाने चरा भए पनि चितवनमा यो कमै मात्रामा देखिने गरेको उहाँले बताउनुभयो । बढि मात्रामा जाडो समयमा देखिने गरेको यो चरा अहिले गर्मी याममा नै देखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०१६ मा यो चरा देखिएको थियो । त्यस पछि अहिले देखिएको हो । अहिले एउटा मात्रै देखिएकाले भाले हो या पोथी छुट्याउन कठिन भएको उहाँले बताउनुभयो । बिगत तीन दिन देखि सो चरा रत्ननगरको बच्छौली क्षेत्रमा देखिएको थियो । बिशेष गरी कोशी र पश्चिम क्षेत्रमा बढि देखिने यो चरा ताल तलैया भएको क्षेत्रमा वढि देखिने गर्दछ ।






