काठमााडैंः नेपाली काँग्रेसका प्रबक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेले एसपिपीलाई चुनाबी मुद्धा वनाउन खोजेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको एक कार्यक्रममा नेकपा एमालेले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको उहाँको आरोप लागेको थियो । उहाँले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय चुनावपछि एमाले एजेण्डाविहीन बनेको भन्दै सरकारविरुद्ध अनर्गल प्रचारमा लागेको दाबी गर्नुभयो ।
त्यस्तै उहाँका अनुसार हालमो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससहितको पाँचदलीय गठबन्धनले राम्रो प्रतिफल हासिल गरेका थियो । अब आउने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि पाँच दलको गठबन्धन गर्छ ।






