चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको खहरे खोलामा बसका सह–चालक चिप्लिएर बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित खहरे खोलामा काठमाण्डौबाट धनगडीतर्फ जान आउँदै गरेको ना ६ ख ७४६३ नम्बरको बसका सहचालक आज बिहान २ वजे चिप्लिएर बेपत्ता भएका हुन । कैलालीको गोदावरी नगरपालिका बस्ने बर्ष ३५ का तेजबहादुर बोहरा खहरे खोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बसबाट झरेर चाउचाउ किन्न गएका बोहोराको एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ । अहिले बोहोराको खोजीका लागि शसस्त्र प्रहरीको बिपद ब्यावस्थापन तालिम शिक्षालय कुरिनटारको टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !