चितवनः पूर्बी चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । आज बिहान ४ः५५ बजेको समयमा रत्ननगर नगरपालिका वडा नम्बर ९ गणेश चोक नजिकै टाडीबाट भरतपुरतर्फ जादै गरेको ना ४ ख २७४८ न.को ट्रकले ठक्कर दिँदा रत्ननगर नगरपालिका वडा नम्बर १० का ३७ बर्षिय उमेश दराईको मृत्य भएको हो ।
उक्त ट्रकको ठक्करबाट गम्भिर घाइते भएका दराईको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस !