चितवनः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) खारेज हुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले यो कार्यक्रममा एमसिसी जस्तो १२ बुद्धेजारी गरेर पास गर्ने काम नहुने बताउनुभएको हो ।
उहाँले भन्नुभयो “ एमसिसी १२ बुद्धे घोषणा सहित मात्रै पास ग¥यौ । तर एसपीपीमा कुनै १२ बुद्धे हुने वाला छैन यो खारेज हुन्छ ।” एमसिसी र एसपिपी दुबै परियोजना केपी ओलीको नेतृत्वमा आएको उहाँले आरोप लगाउनुभयो । उहाँले थप्नुभयो “एसपीपी र एमसीसी केपि ओलाी गुटकै करामत हो । यो क्लियर भईसक्यो ।”
अहिलेको गठवन्धन फेर वदलको कुरा छ नी भन्ने पत्रकारको प्रश्नमा उहाँले तत्काल गठवन्धन हेरफेर नहुने बताउनुभयो । उहाँले भन्नुभयो “अहिले गठवन्धन जे हो त्यही जान्छ ।” पार्टीका एकादुई मान्छे लाग्ने कुरा बेग्लै भएको भन्दै उहाँले अहिले पार्टीमा त्यस्तो नभएको बताउनुभयो ।






