चितवनः पश्चिम चितवनमा हिंस्रक वन्दै आएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार बाघलाई आज साँझ ६ वजे भरतपुर महानगरपालिका वडा नम्बर २७ स्थित राधाकृष्ण सामुदायीक वनबाट नियन्त्रणमा लिईएको हो ।
बाघको आक्रमणबाट स्थानीय २३ वर्षिया रेखा बस्नेतको मृत्यु भएको थियो । सो बाघले आज बिहान निगुरो टिप्न गएकी बस्नेतलाई आक्रमण गरेको थियो ।
बाघलाई चितवन राष्ट्रिय निकुञ्जको सौराहामा रहेको खोरमा राखिने छ । बाघ नियन्त्रणमा लिनका लागि आज दिउँसो देखि प्रयास थालिएकोमा साँझ ६ बजे डार्ट गरिएको उहाँले जानकारी दिनुभयो । यस आर्थीक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले तीन वटा नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ ।
बाघ नियनत्रणको लागि चितवन राष्ट्रिय निकुञ्जको टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी एबं हात्ती प्रयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !