चितवन: न्यूरो टिप्न जाँदा बाघको आक्रमणमा परि एक जना वेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २७ की २३ वर्षिया रेखा बस्नेतलाई आज बिहान ७ वजे बाघले आक्रमण गरेको हो ।
स्थानीय राधाकृष्ण सामुदायीक वनमा न्यूरो टिप्न गएका मध्ये बस्नेतलाई बाघले आक्रमण गरको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार बाघले लिई जंगल तर्फ लागेको भन्ने सूचना प्राप्त हुना साथ नेपाल प्रहरी, नेपाली सेना सहितको टोलीले खोजी कार्य जारी राखेको छ । बस्नेतको खोजिका लागि निकुञ्जबाट हात्ति मगाईएको उहाँले जानकारी दिनुभयो ।






