चितवन: नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत कालिखाेलामा पहिराे खस्दा सडक अवरुद्ध भएकाे छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ६ कालिखाेलामा पहिराे खसेकाे हाे । पहिराे आज दिउँसाे ३:४५ वजे खसेकाे हाे । पहिराे पन्छाउन केहि समय लाग्ने प्रहरीले जनाएकाे छ । यस्तै साेहि गाउँपालिका वडा नम्बर ४ काे घाेप्टेभिरमा पहिराे पन्छाएर सवारि आवागमन सुरु गरिएकाे छ । कुरिन्टारमा खसेकाे पहिराे पन्छाउने कार्य जारि रहेकाे कार्यालयले जनाएकाे छ ।






