चितवन,१ असार – पहिरोले अबरुद्द पृथ्वीराजमार्ग अन्त्रगतको सडक दुईतर्फी रुपमा सन्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा खसेको पहिरो हटाएसंगै सडक दुईतर्फी रुपमा सन्चालन आएको हो ।

दिउँसो २ बजेको समयमा खसेको करिब १ घण्टाको समयमा पन्छ्याएर राजमार्ग संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।वर्षापछि खसेको पहिरोले राजमार्ग दुइतर्फी नै अवरुद्ध भएको थियो । सडकमा सयौं सवारी साधनहरु बीच बाटोमै रोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस !