चितवन: कालिका नगरपालिका वडा नम्वर ५ सिमाचाेकमा माेटरसाईकल र स्कुटर एक आपसमा ठक्कर खाँदा एक जनाकाे मृत्यु भएकाे छ भने दुई जना घाईते भएका छन् ।
भरतपुरबाट पदमपुर तर्फ जाँदै गरेकाे ना ३९ प २९७१ नम्बरकाे माेटरसाईकल र गढुवाचाेक बाट पदमपुर सामुदायीक वन तर्फ आउदै गरेकाे प्रदेश २-०३-००७प ५६७५ नम्बरको स्कुटर आज दिउँसो एक आपसमा ठक्कर खाएकाे हाे ।
ठक्कर खाँदा माेटरसाईकलमा सवार कालिका नगरपालिका वडा नम्बर ९ का ५० बर्षिय बल बहादुर तामाङकाे मृत्युु भएको हाे । उनकाे उपचारका क्रममा पुरानाे मेडिकल कलेजमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । कार्यालयका अनुसार माेटरसाईकल चालक स्थानिय ४० बर्षिय प्रदिप कुमार श्रेष्ठ, स्कुटर पछाडी सवार कालिका नगरपालिका वडा नम्बर ३ का वर्ष ६९ बर्षिय सुक ब.तामाङ मध्यम घाइते भएका छन् । स्कुटर चालक सुक वहादुरका छाेरा ३६ बर्षिय बिजमान तामाङ सम्पर्क बाहिर रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस !