चितवनः जिल्ला समन्वय समिति चितवनको प्रमुखमा नेकपा एमालेका नारायण प्रसाद अधिकारी निर्वाचित हुनु भएको छ । आज भएको निर्वाचनमा मतदान हुँदा अधिकारी र गठबन्धनका उम्मेद्वार पूर्णबहादुर रानाभाटले बराबर मत प्राप्त गर्नुभएको थियो । १४ जनाले मतदान गर्दा ७÷७ भोट आएपछि गोलाप्रथाबाट अधिकारी निर्वाचित हुनुभएको हो ।
एमाले बागमती प्रदेश कमिटी सदस्य रहनुभएका अधिकारी गत बैशाख ३० गते सप्पन्न स्थानीय तह निर्वाचनमा इच्छाकामना गाउँपालिका वडा नम्बर ३ बाट सदस्यमा निर्वाचित हुनुभएको थियो ।
जिसस चितवनको उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित हुनुभएको थियो । यस्तै जिल्ला समन्वय समिति सदस्यहरुमा एमालेका बहुमत सदस्य गोलाप्रथाबाट बिजयी भएका छन् । महिला सदस्यमा नेकपा समाजबादीकी पुजना गुरुङ् निर्वाचित हुनु भएको छ । उहाँले १४ मतनै प्राप्त गर्नुभएको थियो । यस्तै गोलाप्रथाबाट नेकपा एमालेका अनिता नेपाल, सबिता चौधरी, गुनु बि.क, कृष्णभक्त भट्टराई र बाबुराम सुवेदी निर्वाचित हुनु भएको छ । गोला प्रथामा नेपाली काङ्ग्रेसका संजीब प्रसाद पौडेल निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचित प्रमुखलाई आजै सपथ खुवाएर प्रमाणपत्र समेत बितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !