चितवनः पहिरो खसेका कारण अवरुद्ध रहेको नारायणगढ-मुग्लिङ सडकखण्ड संचालनमा आएको छ । पहिरोले नारायणगढ-मुग्लिङ र मुग्लिङ- नौविसे सडकखण्ड अवरूद्ध भएको थियो ।
मुग्लिङ-नौविसे सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो । मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा सडक अवरूद्ध भएको थियो । बिहान करिब ४ बजेतिर पहिरो खसेपछि सडक अवरूद्ध भएको हो ।
पहिरो हटाएर ८ घण्टापछी सडक सञ्चालनमा आएको जिल्ला ट्रफिक प्रहरी कार्यालयले जानकारी दियाे । रातिदेखि नै सडकमा गाडीहरू रोकिएका सवारी गन्तव्य तर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस !