चितवनः इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को नाग्दी खोला र ६ को कालीखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । बुधबार राती ११ः१५ वजे पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान ६ः२० वजे कालिखोलाको पहिरो पन्छाएर एक तर्फी सञ्चालनमा ल्याईएको छ । कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार नाग्दी खोलामा पहिरो पन्छाउने क्रम जारी रहेको छ । पहिरो पन्छाउने क्रममा पुनः पहिरो खसेका कारण पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।






