चितवनः बिगत दुई महिना देखि वन्धक वनाएर जबरजस्ति करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ चौधघरेका पूर्ण घलान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार घलानले २७ वर्षिया महिलालाई गत चैत १० गते काठमाडौंबाट राप्ती नगरपालिका वडा नम्बर १ पिप्ले आउने क्रममा रातको समयमा आज जान सकिदैन भोलि म पु¥याई दिउँला भनि राप्ती नगरपालिका वडा नम्बर ६ आदर्श टोलमा लगि बन्धक वनाई जवरजस्ति करणी गरेको अभियोगमा पक्राउ गरिएको हो ।
कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार निज घलानले आँफु सहित अन्य २÷३ जना भई पालै पालो जवरजस्ती करणी गरेको बताउनुभयो । पिडितकी भाउजुको जाहेरी अनुसार घलानले निजलाई चैत १० गते देखि जेठ २० गते सम्म बन्धक वनाई जबरजस्ती करणी गरेका हुन् । पिडितको स्वास्थ्यमा समस्या आए पछि स्थानीयको सहयोगमा उपचार गराई भाउजुको घरमा लगेर छोडेको प्रहरीले जनाएको छ ।
आरोपि घलानलाई पक्राउ गरी जवरजस्ती करणी मुद्दा दर्ता गराइएको अधिकारीले जानकारी दिनुभयो ।






