चितवनः जिल्ला समन्वय समिति चितवनको निर्वाचन यही जेठ ३१ गते हुने भएको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालयले एक सूचना जारी गर्दै कार्यतालिका सार्बजनीक गरेको हो ।
जिल्लाका सात पालिकाको कार्यपालिका सदस्यको निर्वाचन सम्पन भए पछि जिल्ला समन्वय समितिको निर्वाचनका लागि कार्यतालिका सार्बजनिक गरिएको हो । कार्यतालिका अनुसार जेठ २८ गते मतदाता नामावली प्रकाशन, मतदाता नामावली सच्याउन वा छुट नाम समाबेश गर्ने, संशोधित मतदाता नामावली प्रकाशन गर्ने, मतदाताको बरोधमा उजुरी दिने रहेको छ । यसतै २९ गते मतदाताको बिरोधमा दिएको उजुरी उपर जाँचबुझ गर्ने, अन्तिम नामावली प्रकाशन गर्ने, र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका रहेको छ ।
३० गते उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको बिरोधमा उजुरी दिने, मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारको नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ । यस्तै सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ । ३१ गते बिहान १० वजे देखि १२ वजे सम्म मतदान रहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समितिको निर्वाचनको सबै काम मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख सहित ९ पदका लागि निर्वाचन हुन लागेको हो । सात पालिकाबाट १४ जना प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् ।






