चितवनः विश्व हिन्दु युवा संघको भरतपुर महानगर संयोजकको जिम्मेवारी निखल पराजुलीले पाउनु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ५ निवासी पराजुलीलाई जिल्ला अध्यक्ष घनश्याम पौडे“श्याम”ले महानगर संयोजकको जिम्मेवारी दिनुभएको हो ।
विश्व हिन्दु महासंघ नेपालको बिधानको अधिनमा रहि परिच्छेद ७ दफा २० घ अनुसार पराजुलीलाई संयोजकको जिम्मेवारी दिईएको हो । सबै क्षेत्र, वर्ग समुदाय समेटेर भरतपुर महानगर समिति बिस्ता गर्न समेत उहाँलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !